खानीबिभाग चोक र टुकुचामा नयाँ ट्राफिक लाईट उद्‌घाटन गर्नुहुँदै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र एनसेलका स...
आर्थिक प्रलोभनमा नपरी घुस अस्वीकार गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार वितरण पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ...
बिभिन्न मितिमा हराएका तथा चोरी भएका सवारी साधन फेला पारी सम्बन्धित सवारी धनिलाई हस्तान्त्रण गर्नुहुँदै महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका कार्...
सार्वजनिक सवारी साधनमा कोरोना भाईरस सम्बन्धी जनचेतना मुलक स्टिकर टाँस्नु हुँदै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक संजिब शर्मा दास ।
रातको समयमा उच्च गतिका कारण हुने सवारी दुर्घटना न्युनिकरणको लागी Night vision laser speed gun प्रयोग गर्दै ट्राफिक प्रहरी ।

Kartik 29, Traffic Update

माईतीघरबाट सर्भिस लेन हुँदै बानेश्वरतर्फ जाने सवारी साधनलाई मुख्य सडकबाटै चलाइएको छ । सर्भीस लेनमा मानिसहरु भेला जम्मा भएका कारण उक्त स्थानमा चल्ने सवारी साधनलाई केही समयको लागि मुख्य सडकबाटै चलाइएको हो । थापाथली, त्रिपुरेश्वर, केशरमहल कोटेश्वर र गौशाला चोक हुँदै चल्ने सवारी साधन केही चापमा चलिरहेका छन् । काठमाण्डौ उपत्यकाको मुख्य मुख्य चोकहरुमा  सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्नेछ । विशेषगरी, कालीमाटी, नयाँबानेश्वर, जडिबुटी, ग्वार्को, चावहिल, मित्रपार्क र माछापोखरी चोक हुँदै चल्ने सवारी साधनले पनि केही समय ट्राफिक व्यवस्थापनका क्रममा रोकिनु पर्ने अवस्था रहेको हो । नागढुङा नाका भन्दा केही तल भुतघर नजिकै सवारी साधन विग्रिएकाले आवागमनमा केही प्रभाव परेको छ । विग्रिएको सवारी साधनलाई हटाउने काम भइरहेको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखा

काठमाण्डौ उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप, सिमित साघुरा सडकहरू सवारी नियम तथा ट्राफिक संकेत सम्बन्धी सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको कमी र ज्ञान भएकाहरुबाट समेत ट्राफिक नियमको उलंघन गर्ने प्रवृतिका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल एंव चुनौतिपुर्ण बन्दै गएको छ । काठमाण्डौ उपत्यकाको शहरी विकासको अनुपातमा सडक बिस्तार र सडक पूर्वाधारहरु निर्माण हुन नसक्नु, विविध कारणबाट यातायात क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसक्नु, यातायात क्षेत्रमा रुट, सेण्डिकेट लगायत कुराहरुमा निश्चित समूहहरुको मात्र पहुंच हुनु, अवैज्ञानिक प्रतिस्पर्धा, सार्वजनिक सवारी साधन संचालकहरुमा रहेको सेवाग्राही भन्दा नाफामुखी सन्चालन पद्धति प्रक्रियागत त्रुटिपूर्ण सवारी चालक अनुमति पत्र वितरण प्रणाली आदि विधमान रहेकाले सरकारले यातायात क्षेत्रको विकासलाई उच्च प्राथमिकता प्रदान गरी समयमै आवश्यक अल्पकालिन तथा दिर्घकालिन कार्य योजना तयार गरी पहल कदमहरु चालिनु अति आवश्यक भएको छ ।

Continue Reading >>>

News Releases